spot_img

भारत जान लागेका पाँचजना नाबालिकासहित एकजना युवक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ असोज/ भारत, रक्सौल जाने तयारीमा रहेका पाँचजना नाबालिकासहित एकजना युवकलाई जिल्ला प्रहरी कार्यालय, बाराले वीरगंजको रानीसति धर्मशालाबाट पक्राउ गरेको छ ।
असोज २२ गते साँझ करैयामाई गाउँपालिका– १ हरैया गाउँबाट हराएका पाँचजना नाबालिकाहरुका अभिभावकले प्रहरीलाई जानकारी गरेपछि प्रहरीले खोजीको क्रममा उनीहरुलाई वीरगंज महानगर–६ स्थित राणीसति धर्मशालाबाट उद्धार गरिएको जिप्रका, बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानले बताएका छन् ।
१३ वर्षीय एकजना, १४ वर्षीय दुईजना र १६ वर्षीय दुई जना गरी पाँचजना नाबालिकालाई रक्सौल जाने क्रममा राणी सति धर्मशालाबाट उद्धार गरिएको प्रहरीले बताएको छ । बालिकासँगै भारत, मोतीहारीका १८ वर्षीय कविकुमार पाललाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले बताए । उद्धार गरिएका पाँचैजना नाबालिकाहरुलाई प्रहरीले परिवारको जिम्मा लगाएको जिप्रका बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम, २५ कातिक : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार...

सम्बन्धित खबर