spot_img

गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ कात्तिक ।
अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ ।
अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार भएको थियो छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

लोकतन्त्रको महापर्व अघि जनमत पार्टी पर्साको प्रेरक पहल, घर–घरमा पुगेर दिँदै मतदाता सचेतना

  वीरगन्ज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ...

सम्बन्धित खबर