spot_img

कान्छी पत्नीलाई छुरा प्रहार गर्ने पति–पत्नी पक्राउ, सासु, ससुरा फरार

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ कात्तिक ।
कान्छी श्रीमतीलाई छुरा प्रहार गर्ने पति र उनको जेठी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । फूलपाती दिन कात्तिक ४ गते राती ८ः४५ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ बहुअरी बस्ने वर्ष ४५ को एजहारूल हक अंसारीले कान्छी श्रीमती वर्ष २८ की महिमा खातुनलाई छुरा प्रहार गरेर फरार भएका थिए ।
घरायसी विवादका कारण अन्सारीले महिमालाई कुटपिट गर्नुका साथै धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेका थिए । गम्भीर घाइते भई अचेत अवस्थामा महिमालाई उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा कात्तिक ५ गते विहान १०ः३० बजे मृत्यु भएको थियो । अन्सारीको दुर्ई वटा श्रीमती रहेको र कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा वर्ष ६५ को फजल करिम मियाँँ, सासु आमा वर्ष ६३ की सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले कुटपिट गरेका थिए । सोही क्रममा अभियुक्त एजहारूल हकले धारिलो हतियार छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले एजारुलको जेठी श्रीमती ३८ वर्षीया नुरजहान खातुनलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई पर्सा जिल्ला अदालतबाट १२ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको र ससुरा, सासुको खोजीए भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर