spot_img

भारतीय राजदूतद्वारा वीरगंजका उद्योगीसँग भेटघाट

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपालको आर्थिक, सामाजिकलगायत द्विपक्षीय हकहित र चाहनाको विषयमा समस्या निकाल्ने मात्र नभई त्यसको समाधान पनि तत्काल खोज्नुपर्ने बताउनुभएको छ ।
मंगलवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय उद्योगी ब्यवसायीहरूले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालले उठाउने गरेका धेरै समसामयिक समस्याहरूको सुझाव र समाधानको उपायहरू आफूहरूले दिने गरेको बताउनु भयो । उनले भने, नेपालले गर्नुपर्ने र गर्नसक्ने धेरै कुरा छन् जुन नितान्त नेपालको हितमा छ । पहाडी क्षेत्रमा ट्रान्समिशन लाइन बिस्तार गर्न सकिएको छैन जसले गर्दा भारतमा विद्युत बेच्न बाधक बन्ने र नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ । राजदूत श्रीवास्तवले जनकपुर–कुर्था रेल दक्ष जनशक्तिको अभावले क्षमता अनुसार चल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोर्ट सञ्चालन गर्न एकदम ढिलो भइसकेको बताउनुभयो । उहाँ रक्सौल रेलको गुणस्तर सुधार्न पनि जरूरी रहेको बताउनुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले राजदूत श्रीवास्तवसँग भारतीय नोट रू ५०० र २०० नेपालमा सञ्चालनका लागि आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारसँग पटकपटक भारु पाँच सय र २०० को नोट नेपालमा सञ्चालनको माग गर्दा पनि समस्याको सुनवाइ नभएको बताउनुभयो । प्रतिउत्तरमा भारतीय राजदूत श्रीवास्तवले भारु ५०० र २०० हजारको नोट नेपालमा नचल्नुमा भारत सरकारको दोष नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले भारु २०० र पाँच सयको नोट निषेध गरेको बताउनुभयो ।
कार्यक्रममा ओमप्रकाश शर्मा, डा सुबोध गुप्तालगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर