spot_img

आठ किलो गाँजासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्साले करीब आठ किलो गाँजासहित दुईजना पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट सोमवार एकजना वृद्ध गाँजासहित पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरले सखुवाप्रसौनी गाउँँपालिका–८ जमुनिया बस्ने वर्ष ५५ को ध्रुव ठाकुरलाई तीन किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । यसैगरी सोमवार वीरगंज महानगरपालिका–२५ चण्डालचोक स्थित सडकखण्डबाट सशस्त्र प्रहरी वल नेपाल बिओपी ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाले एक किलो ८ सय ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
विश्रामपुरबाट वीरगंज आउँदै गरेको ना.१३ प ६५९५ नम्बरको मोटरसाईकलमा सवार वीरगंज–१६ फुलवारी टोल बस्ने वर्ष ४५ को ईसलाम मियाँको साथबाट १ के.जी.८०० ग्राम गाँजा बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी फागुन २३ गते वीरगञ्ज–१६ स्थित रहेको कवाड गोदाममा इलाका प्रहरी कार्यालय नगवाले ५ के.जी.८०० ग्राम गाँजा बरामद गरेको छ ।
कबाड गोदाम संचालक भारत विहार पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा बस्ने वर्ष ३० को अरविन्द कुमार गुप्ता फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर