spot_img

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

पढ्न छुटाउनुभयो ?

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार अनुगमनका क्रममा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि वीरगंज महानगरपालिकाले ५ हजार जरिवाना गरेको छ ।
भाटभटेनी सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५ र ५ हजार रुपियाँँ जरिवाना गरिएको हो। वीरगंज महानगरपालिकाबाट खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासको नेतृत्वमा खटिएको टोलीले भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका चारवटा रेस्टुरेन्टमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रेका मःम, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए । म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियन नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनपछि सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५ हजार रुपियाँँ जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर