spot_img

बारामा दुर्घटनाः दुईजनाको मृत्यु, १९ जना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ भदौ । बाराको दुई स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा आइतवार राति मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको धनकौल नगरपालिका–२ बस्ने ३७ वर्षीय दिनेश साह रहेका छन् ।
चन्द्रनिगाहपुरबाट पथलैयातर्पm आउँदै गरेको बा ६३ प ७३३० नम्बरको मोटरसाईकल पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगंज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाईकलको पछाडी सवार धनकौल–२ कै ४६ वर्षीयलकिशोरी साह घाइते भएका छन् । उनको वीरगंजस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित उनासी पुलबाट आइतवार राति ३४ जना सवार बस खस्दा १ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन ।
काकडभिट्टाबाट दाङ जाँदै गरेको ना. ८ ख ११६४ नम्बरको बसको अगाडीको पट्टा भाचिएर अनियन्त्रित भई पुल देखि ८ मिटर तल खसेको हो ।
मृत्यु हुनेमा दाड्ढो देउखुरी गटवा गाउँँपालिका – ५ का ४५ वर्षीय चेतन राय यादव रहेका छन् ।दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको वीरगंजस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमवार बिहान करिब ४ बजे मृत्यु भएको हो ।
दुर्घटना परेर ५ जना गम्भीर घाइते छन् । घाइते १३ जनाको अवस्था मध्यम र १५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका यात्रीलाई इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा खटिएको नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिकको टोलीले उद्धार गरेर निजगढ सिटी अस्पताल र निजगढ सामुदायिक अस्पताल पुर्याएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर