वीरगंज, ३० भदौ/ पर्सा जिल्ला धोबिनी गाउँपालिकाका स्थानीयवासीले आइतवार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा सङ्घीयता लागू भएर स्थानीय तहमा विभिन्न सरकारी कार्यालयहरू गाभिए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू भने वीरगंजकेन्द्रित रहँदा दूरदरार गाउँबाट सेवा लिन आएकाहरू समस्या पर्ने उल्लेख छ ।
ज्ञापनमा नागरिकताका लागि इलाका प्रशासन कार्यालयका साथै भूमिसुधार तथा मालपोत, मेन्टेनेन्स नापी कार्यालयहरू गाउँ केन्द्रित गरिनुपर्ने बताइएको छ । सानो कामको लागि पनि वीरगंज आउँदा समयमा काम नहुने समस्याले आर्थिक भार धान्न नसक्नेहरूलाई झनै बढी समस्या हुने गरेको भन्दै ती कार्यालयहरूका सेवा केन्द्र पालिकास्तरमा पु¥याउन माग गरिएको छ ।
धोबिनीका ललन कुर्मीले असह्य भएपछि विरोधमा उत्रनुपरेको बताए । उनले स्थानीयवासीहरूको समस्यालाई तीनै तहका जनप्रतिनिधिहरूले गम्भीरतापूर्वक नलिएका कारण आफूहरूले समस्या भोग्नुपरेको दुःखेसो पोखे । अहिले प्रदेशमा दुई र केन्द्रमा तीनजना मन्त्री छन्, पर्सा जिल्लाबाट । विगतमा उनीहरूले पनि सेवा केन्द्र स्थापनाका लागि आवाज उठाएका थिए अहिले पदमा रहँदा उनीहरूले किन यो सेवा जनतासम्म पु¥याउने काम गर्न सकेका छैनन्, कुर्मीले भने ।
सामान्य अवस्थामा एक दिनको वीरगंज बसाइमा पाँच सय खर्च हुन्छ । सबैजनाको काम एकै दिनमा हुँदैन पनि यस कारण पनि घूसखोरी र सिफारिश गर्ने प्रक्रिया वृद्धि भएको उनको बुझाइ छ । सबैले समानरूपमा सहज तरीकाबाट सेवा पाउने हो भने यस प्रकारका विकास मौलाउँदैन थियो कुर्मीले भने । ज्ञापनपत्र बुझ्दै सप्रजिअ सानुबाबू अधिकारीले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र आजै पठाउने बताए । उनले सरोकारवाला निकायमा पनि आफ्नो तहबाट यो कुराको उठान गर्ने र तपाईंहरू पनि आफ्नो तहबाट लागिरहन सुझाए । कार्यक्रममा अजय पटेल, वीरबहादुर कुर्मी, मेराज अहमदलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्