spot_img

भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्टको उदघाटन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असोज ।
वीरगंजको हरि खेतान बहुमुखी क्याम्पस नजीकै भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरिएको छ ।
आज वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सुविधा सम्पन्न परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरेका थिए ।
करिब २५ लाखको लागतमा खोलिएको रेष्टुरेन्ट परिवारिक वातावरण रहेको छ । प्रख्यात र दक्ष कुकबाट मासुको विभिन्न प्रकारहरू बनाइने बताइएको छ । हरेक बर्ग का युवा युवती महिला–पुरूषको लागि खुला केबिन कटेजको सुविधा रहेको जानकारी रेष्टुरेन्टका संचालक निरज सर्राफ र मुकेश कुमार गुप्ताले बताए ।
वीरगंजमा पहिलोपल्ट परिवारसंग बसेर माटोको भाँडोमा पकाइने कटिया मासु तथा मासुको विभिन्न परिकार बनाइने सञ्चालक सर्राफले बताए । उनले अनुभवी कारिगर र वेटरबाट सेवा दिन पाउँदा छिटै ग्राहकको मन जित्ने जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर