spot_img

करेन्ट लागेर सिरहा र झापामा दुई जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
झापा, मेचीनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित राजपैनीमा विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

समाजसेवी युवा व्यवसायी बिनोद यादव प्रवास नेपाली सम्पर्क विभागको सल्लाहकारमा नियुक्त

क्वालालम्पुर मलेसिया। प्रवासी नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र उद्यमशीलतामार्फत परिचित युवा व्यवसायी बिनोद कुमार यादव प्रवास नेपाली सम्पर्क विभाग,...

सम्बन्धित खबर