spot_img

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने घोषणा

पढ्न छुटाउनुभयो ?

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ ।
केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानूनमा संशोधन गर्न बिहीबार संसदमा प्रस्ताव पेस गरेको छ ।
सरकारका अनुसार केन्द्रले फिनल्याण्डको राष्ट्रिय सुरक्षामा, पूर्वाधारको सुरक्षा, आपूर्ति शृङ्खला सुरक्षा सुनिश्चित गर्न तथा साइबरसुरक्षामा महत्वपूर्ण योगदान दिनेछ । (रासस\सिन्ह्वा):
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर