spot_img

हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १४ मंसिर । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहीष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ।
महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्नु हुँदै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गर्नु भएको हो।
बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वी माथि बारम्वार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको भन्दै अध्यक्ष भण्डारीले नोभेम्बर २६, २०२४ मा बंगलादेश सम्मिलित सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरू श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुवाइ गरेको कारण जेल चलान गरेको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोले बंगलादेश सरकारबाट भएको उक्त कार्यको विश्व हिन्दु महासंघ घोर भत्सना गरेको छ ।
घटनाले संसारभरिका हिन्दु धर्म तथा ॐकार परिवारका अनुयायीहरूमा गहिरो चोट पुगेको छ । आफ्नो देशका बंगलादेशी हिन्दुहरू जो अल्पसंख्यामा रहेका छन् उनीहरूको धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि संवेदनशील बन्दै शान्ती सुरक्षाको प्रत्याभूति गराउनको लागि बंगलादेश सरकारको ध्यानकर्षण गराउँछौँ। – विज्ञप्तिमा भनिएको छ।
त्यहाँ स्थित स्कोन मन्दिरका सञ्चालक समेत रहेका धर्म गुरू श्री चिन्मोय कृष्णदासलाई हिन्दु धर्मको अगुवाई गरेकै कारणले किन जेल चलान गरिएको हो ? यस विषयमा गम्भीर भई यथाशीघ्र गुरू चिन्मोयको रिहाइको लागि बंगलादेश सरकार समक्ष विश्व हिन्दु महासंघले जोडदार माग गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर