spot_img

अहमदिया समाजको ९ औ जलसा नेपालको प्रसौनीभाटामा सम्पन

पढ्न छुटाउनुभयो ?

 सतेन्द्र चौहान वीरगज15/ गत बर्ष झौ यस बर्षपनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको हिजो देखी शुरु भएको दुई दिने जलसा सलाना आज विन्दवासिनी गाउँपालिका ५ प्रसौनी भाट्ठामाआज सम्पन भएको छ ।
 समारोह सहभागी बक्ताहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि  नेपालमा शिक्षा,स्वास्थय तथा शुद्ध खानेपानी लगाएत अन्य क्षेत्रहरुमा समाजका लक्षीत बर्षहरुलाई सहयोग गरिदै आएको बताएका थिए ।  संघको मुल मन्त्र नै  मानव सेवा र समाज सेवाका कार्यहरुलाई सहि ढंगले अगाडी बढाई उन्त समाजको तर्फ अगाडी बढाउनमा संघले खेलेको भुमिका सराहनिय रहेको वक्ताहरुले बताएका थिए ।
विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय रहेको भन्दै आज विश्व भरीमा २१६ वटा देशमा काम गरिदै आएको महम्मद नसिम खानले बताए ।
सोही अनुरुप अहमदिया संघले विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विधालयमा निःशुल्क शिक्षा दिने कार्य गरिहेको खानले बताए । कार्यक्रममा सहभागी सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरो आ–आफ्नो विचार एउटै मन्चबाट साझा गरेका थिए । सबै धर्मसँग आबद्ध  गुरुहरु “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” भन्ने नारा सहित एक भएर नारा समेत  लगाएक ाथिए ।  संघका नेपाल अध्यक्ष मोइन अहमदको  अध्यक्षतामा सुरु भएको जलासा सालाना कार्यक्रममा पुर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, पकहाँमौनपुर गाउँपालिका अध्यक्ष सुरेश महतो, जसपाका नेता तवरेज अहमद, धर्मगुरु सिख समाजका हरमिद्र सिंह,ओम शान्तिका प्रवक्ता कुवेर कुमार, क्रिसचन समाजका प्रेम प्रसाद घिमिरे,वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु, बुद्धिजिवीहरुले आआफनो धाराण राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर