spot_img

२ करोडको सामानसहित दुर्ईट्रक राजस्व चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० मंसिर । दुर्ई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुर्ई वटा ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
बुधवार राति वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।
वीरगञ्जबाट हार्डवेयर र औषधि सामानहरू लोड गरी काठमाडौं र विराटनगर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विल विजक भन्दा बढीका सामान रहेको आशंका ट्रक नियन्त्रणमा लिएको हो ।
नियान्त्रणमा लिईएको ट्रकमा रहेको सामानको मूल्य २ करोड ९ लाख ८ हजार ८४२ मूल्यांकन गरी थप अनुसन्धान तथा कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्साले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर