spot_img

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

पढ्न छुटाउनुभयो ?

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न शुरु गरेका छन् । शनिवार मध्यरात विशेष पूजापश्चात आइतवार बिहान पञ्चबली र त्यसपछि राँगा बली शुरू हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ । शनिवार मध्यरात अर्थात आईतवार सूर्याेदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली शुरू हुनेछ । सोमवार भने बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मेला मूल समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए । पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक हजारौँको संख्यामा दर्शनार्थी र भक्तजनहरू आइरहेको मेयर यादवले जानकारी दिए । हिन्दुहरूको शक्तिपिठको रूपमा स्थापित गढीमाई विशेषगरी बलीका लागि चर्चामा रहन्छ । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रूपमा परिचित छ । गढीमाई मेलाको अवसरमा नेपाल तथा भारतका लाखौंले दर्शन गर्ने भएकाले सुरक्षाका लागि नगरप्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको मेयर यादवले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर