spot_img

बैंकको जालोमा फसेर  बेघर बन्दै ऋणी 

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० मङ्सिर/
देशमा बढ्दो आर्थिक सङ्कटका बीच बैंकहरूले ऋणीहरूको घरजग्गा लिलाम गर्न थालेपछि ऋणीहरू बेघर हुन थालेका छन्।
लुम्बिनी विकास बैंक पोखरिया शाखाले वीरगंज महानगरपालिका–११ निवासी राजु साह सोनारको घर लिलाम गरेपछि सोनारकी पत्नी बबिता कुमारी र दुर्ई छोरी अहिले घरबारविहीन भएका छन्।
राजु साह सोनारले काव्य ज्वेलर्स सञ्चालनको लागि सो बैंकबाट २०७४/७/२९ गते पोखरियाको बैरियाबिर्तामा रहेको चार कट्ठा तथा रानीघाटमा रहेको १० घुर जग्गामा बनेको दुई तले घर धितोमा राखी ३७ लाख रुपैयाँ ऋण लिएका थिए। २०७७ सालतिर सोनार दम्पतीबीच मतान्तर भएपछि राजु घर छोडी बेपत्ता भएका थिए।
पतिविहीन एकल जीवन बिताइरहेकी बबिता अचानक बैंकले घर लिलाम गरेपछि विक्षिप्त भई शनिवार घरअगाडिको गेटमा दुई छोरीसहित आत्मदाहको प्रयास गरेकी थिइन्। उनलाई प्रहरी र स्थानीयवासीले आत्मदाह गर्न रोकेका थिए।
बैंकका कर्मचारी, खरीदकर्ता, वडा कार्यालयका प्रतिनिधिहरू आएर एक्कासि घर खाली गराउन खोजेपछि बबिताले आत्महत्याको प्रयास गरेकी थिइन्।
पतिले छोडेर हिंडेपछि दुई छोरीको पालनपोषणमा समस्या भइरहेको र यसै बखत बैंकले पनि घर लिलाम गरेपछि आफू घरको न घाटको भएको भन्दै घरअगाडि पेट्रोल छरेर आगो लगाउन खोज्दा प्रहरीले बचाएको बताइन्।
सोनारको घर र जग्गाको मूल्य करीब रु दुर्ई करोड हुन्छ तर बैंकले मिलेमतो गरी ५२ लाखमा नै लिलाम गर्नु गलत रहेको छिमेकीहरूले बताएका छन्। २०८० चैतमा बैंकले सो घर लिलामीको सूचना निकालेको बेला घरपरिवारलाई थाहा नदिई गोप्यरूपले डाँक बढाबढ गरी सोनार परिवारलाई बिचल्लीमा पारेको छिमेकीहरू बताउँछन्।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर