spot_img

पिकअपबाट भन्सार छलीको कपडा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ चैत । भारतबाट अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० लाख मूल्य बराबरको कपडाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिई वीरगंज भन्सार चलान गरेको छ । बीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा.प्र.०१–०२७ च ८५०३ नम्बरको सेतो रंगको भारतीय नम्बरको पिकअप गाडीमा लोड गरी जीतपुर–सिमरा लैजाने क्रममा प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सप्रनाउ लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा–२३ भलुवाही गाउँमा बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । गाडी चालक भागेपछि सशस्त्र प्रहरीले रू. १० लाख ७ हजार ९०० मूल्य बराबरको २० बोरा सर्टिङ्ग सुटिङ्ग, सारी र कुर्तासुरवालका कपडा र पिकअप गाडीको भन्सार दाखिला मूल्य रू.२५ लाख गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको कपडा बरामद

वीरगंज, ४ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापामारी सात लाख रुपियाँ बराबरको...

सम्बन्धित खबर