spot_img

सुनचांदीको गहनासहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत जाने क्रममा भारत, पश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट, र जोतेकानुरामगढ बस्ने अन्दाजी वर्ष २५ को अमित दास र हुगली, नन्दपुर बस्ने बटु रंग रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूबाट सुनको गरगहना झुम्का २ सेट अन्दाजी ८२ लाल, रिङ्ग १ सेट अन्दाजी ३० लाल, सिक्री लकेट १ थान अन्दाजी ३० लाल,सुनको गणेश लक्ष्मी मूर्ती अङ्गित लकेट १ थान अन्दाजी ४ लाल, सुनका टुक्राहरू अन्दाजी १ तोला गरी जम्मा अन्दाजी २ तोला ६६ लाल एवं चाँदीको लक्ष्मीको मूर्ती अन्दाजी २ तोला रहेको सशस्त्रका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी गराए । पक्राउ परेकाहरुले आफू भक्तपुर जिल्लाको ठिमी न.पा., वडा नं.–१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल संचालन गर्ने भक्त गदाल विक र काठमाण्डौ म.न.पा., वडा नं.३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स संचालन गर्ने श्रवण घिमिरेको लागि काम गर्ने र अर्डर अनुसार जडिबुटीमा सुन बनाउने कारखानामा काम गर्दै आएको बताए । अर्डर आएको ग्राहकका सुन लिई भागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार गंग बहादुर विकले जनाएको छ । सुनको तयारी गरगहना, सुनको टुक्राहरू र चाँदीको मूर्ती सहित फेला परेको हुँदा प्रहरी चौकी ईनरूवामा अनुसन्धानको लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर