spot_img

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर टीमलाई १६५ रन अन्तरले पराजित गर्दै अल्पाइन मावि वीरगंज विजयी भएको छ ।
आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने रोहित यादवले ४१ बलमा ५५ रन बनाएका थिए ।
यसैगरी जम्मु काश्मिरले सबै विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच अल्पाइनका सोनु कुशवाहा घोषित भए । उनले ४ ओभरमा ६ विकेट लिएर १८ रन दिएको अल्पाइन माविका विनोद उपाध्यायले जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर