spot_img

हुण्डी रकमसहित एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष १९ को किशन यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए ।
यादवलाई कानून बमोजिम बरामद गरी नियन्त्रणमा लिइ निज विरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोवार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर