spot_img

जुवाखालबाट ५० हजार नगदसहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । असोज २६ गते राति ९ः४५ बजे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को रोहित रौनियार, वर्ष ३० को श्यामबाबु राय, वडा नं.१५ बस्ने वर्ष २५ को अनन्त कुमार गुप्ता पक्राउ परेका छन् । साथै जुवाको खालबाट नगद रू. ५० हजार ७५५ र ३ बुक तास सहित बरामद भएको प्रहरीले जनाएको छ । निजहरू विरूद्ध जुवा सम्बन्धी कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट दिन पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर