spot_img

वीउवासंघद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज, २६ आश्विन ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्नु भएको छ ।
भेटघाटका क्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानार्षण गराउनु भयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्रवालले हाल वीरगञ्ज लगायत पर्सा बारा क्षेत्रमा अवस्थित उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाईहरुका बारेमा ध्यानाकर्षण गराउनु भयो । बिशेष गरि उद्योग व्यवसायको प्रबद्र्धन र विकासका लागि नियमनकारी निकायहरु कर, भंसार, राजस्व, प्रहरीका अवरोधक हाल स्थगित गरि उद्योगी व्यवसायहरुको मनोबललाई उच्च बनाएर अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु पर्ने आवश्यकता माथि जोड दिँदैं अहिलेको समयमा राजस्व संकलनमा आएको कमी प्रति नेपाली निजी क्षेत्र पनि चिन्तित रहेको बताउनु भयो ।
उहाँले राजस्व संकलन बृद्धि हुनु पर्छ भन्ने बिषयमा निजी क्षेत्रका भूमिका पनि खर्चिने क्रममा राजस्वको बृद्धि गर्नका लागि भंसार मूल्यांकनलाई पारदर्शी बनाउने, सन्दर्भ पुस्तिकालाई व्यवस्थित र वैज्ञानिक बनाउने जस्ता काम गर्न सके आयात र निर्यातको सन्तुलन सँगसँगै स्थानीय व्यापार र राष्ट्रिय अर्थतन्त्र चलायमानमा ठूलो सहयोग पुग्ने कुरा बताउनु भयो ।
भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर