spot_img

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

पढ्न छुटाउनुभयो ?

५ कार्तिक २०८०, आईतवार रौतहट ।
पूर्व पश्चिमराजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । उद्धार गर्न गएका २ प्रहरीलाई समेत चोटपटक लागेको छ।
चन्द्रपुर–५ स्थित राजपैडाकी ५५ वर्षीया मनिया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । शनिबार साँझ घाँस लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मिश्रले जानकारी दिए ।
उनीसँगै घाँस लिन गएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनावती देवी घाइते भएकी छन् । आज बिहान मात्र सेना प्रहरी वन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव वरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनगाहपुरका प्रमुख डिएसपी एकनारायण कोइरालाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर