spot_img

रेडियो वीरगंजको वार्षिकोत्सवमा २२१ जनाद्वारा रक्तदान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ मंसिर । रेडियो वीरगंजको २२औं वार्षिकोत्सवको अवसरमा २२ महिलासहित २२१ जनाले रक्तदान गरेका छन् ।
बाराका विभिन्नग्रामीण क्षेत्रबाट युवाहरूलाई रक्तदान गर्नका लागि ¥याली सहित लिएर रेडियो परिसरमा आएका थिए ।
रेडियो वीरगंजका प्रबन्धक धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना,पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानलगायतको सहभागिता थियो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभ राज पाण्डेले अध्यक्ष साहलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने साहले इन्चार्ज पाण्डे सहित रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग पु¥याउने केन्द्रका कर्मचारीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा राम प्रवेश चौधरी, अफरोज अर्पण, प्रदिप पण्डित, कमलेश गुप्ता, महम्मद कलाम, धिरज चौधरी, प्रभु साह, सनजोग श्रेष्ठ, रूपेश कुमार चौधरी, राम कुमार महतो, मनोज मिश्रा, रेनु चौधरी, तरूण कुमार, चन्दन श्रीवास्तव, धुरूप प्रसाद गुप्ता, सुमन साहलगायतले रक्तदान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर