spot_img

२ करोडको सामानसहित दुर्ईट्रक राजस्व चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० मंसिर । दुर्ई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुर्ई वटा ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
बुधवार राति वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।
वीरगञ्जबाट हार्डवेयर र औषधि सामानहरू लोड गरी काठमाडौं र विराटनगर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विल विजक भन्दा बढीका सामान रहेको आशंका ट्रक नियन्त्रणमा लिएको हो ।
नियान्त्रणमा लिईएको ट्रकमा रहेको सामानको मूल्य २ करोड ९ लाख ८ हजार ८४२ मूल्यांकन गरी थप अनुसन्धान तथा कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्साले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले बुझाए लिखित राजीनामा

वीरगंज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको...

सम्बन्धित खबर