spot_img

रास्वपा पर्साको हस्ताक्षर अभियान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर अभियान शुरू गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले वीरगंजमा सोविरूद्ध आम जनताको हस्ताक्षर अभियान शुरू गरेको हो ।
वीरगंजको घन्टाघरमा रास्वपा पर्सा सभापति हरि पन्तको नेतृत्वमा आजदेखि शुरू भएको हस्ताक्षर अभियान जारी रहने रास्वपा ठोरीका सभापति माधव बस्नेतले जानकारी गराए ।
अभियानमा वीरगंजका जनताहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गरेर उक्त अभियानको अपनत्व लिएको रास्वपा पर्साका सभापति हरि पन्तले बताए । पन्तले नेपाली जनताले मुलुकको पछिल्लो राजनीतिक घटनालाई नजीकबाट नियालिरहेको र सबै घटना क्रम अब छर्लङ्ग भइसकेकोले आफूहरूले जनतालाई केही भन्नै नपरेको बताए ।
यसअघि रास्वपा पर्साले पर्साको बहुदरमाई नगरपालिकामा पनि हस्ताक्षर कार्यकम सञ्चालन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर