spot_img

सामुदायिक श्रीपुरद्वारा सरसफाइ तथा सचेतना कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असोज । ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले वीरगंज–१४ स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरमा प्र.ब.ना.नि.गोरख बहादुर शाही प्रमुख आतिथ्यतामा सम्पन्न स्थानीयबासी, समाजसेवी, संचार कर्मी, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सदस्य मधु सिहं,सदस्य जगत राई, सदस्य मुनेश लायोमगर, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय लगायतले सरसफाइ गरेका थिए ।
यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले वीरगंज–११ त्रिमुर्ती टोलमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुल नारायण प्रधान, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय समेतले सर्वसाधारणलाई ६५ थान पर्चा पम्पलेट वितरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर