spot_img

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

पढ्न छुटाउनुभयो ?

काठमाडौँ,सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता भएको हो।
सामाजिक विकृति फैल्याएको भन्दै नेपालमा बन्द गरिएको टिकटक खोलिएको केही समयपछि टिकटक अब भने आधिकारिक रुपमै दर्ता भएको छ। जसलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक गरिएको प्रवक्ता ठाकुरले जनाएका छन्।
गत वर्ष कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्।
त्यसपछि गत भदौ ६ गते बन्द गरिएको टिकटक खुलाइएको थियो। हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

वीरगंज, 30 पुस /आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन...

सम्बन्धित खबर